National life

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत प्लेटफर्मविरुद्ध कानुनी प्रक्रिया चलाउने चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1.1kShares
बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत प्लेटफर्मविरुद्ध कानुनी प्रक्रिया चलाउने चेतावनी
ncell

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

कम्पनीका अनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले आफूलाई बीवाईडी नेपालको आधिकारिक सञ्चार माध्यमका रूपमा प्रस्तुत गर्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन्। साइमेक्स इंकले ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नाम भएका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चार माध्यम नभएको स्पष्ट पारेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त प्लेटफर्महरूसँग साइमेक्स इंक प्राइभेट लिमिटेडको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको कम्पनीले जनाएको छ। यस्ता अनधिकृत डिजिटल माध्यमहरूले विभिन्न अफर, योजना तथा प्रचार सामग्रीमार्फत गलत सूचना प्रवाह गर्दै ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको कम्पनीको भनाइ छ।

यस प्रकारका गतिविधिले ग्राहकको विश्वास, बीवाईडी ब्रान्डको विश्वसनीयता तथा उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै साइमेक्स इंकले चिन्ता व्यक्त गरेको छ। कम्पनीले सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ।

नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारी लिनका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन कम्पनीले अनुरोध गरेको छ। बीवाईडी ब्रान्ड नामको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरू विरुद्ध आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै साइमेक्स इंकले आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायसँग सहकार्य गर्दै थप कदम चालिने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?