काठमाण्डौ। यहि भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो ग्रुपले दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ। कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने कम्पनीले जनाएको छ ।
उक्त कार्निभलमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेञ्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ।
चार दिनसम्म चल्ने यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी गर्नेछ। सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन् । जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिने पनि कार्निभलको अर्को प्रमुख आकर्षण हो।
साथै, यस कार्यक्रममा एक्सचेन्जको लागि भ्यालुएटर, फाईनेन्सिङ्गको लागि बैंक अनि इन्स्योरेन्स तथा स्पेर पार्ट्स कम्पनीहरुको पनि उपस्थिथि रहने छ। आफ्नो ग्राहकहरुलाई चाहिने सबै सुबिधालाई एकै ठाउँमा ल्याएर गर्न लागेको यस ४ दिने कर्निवल व्यावसायिक इलेक्ट्रिक सवारीसाधन ग्राहकहरूको लागि अत्यन्त महत्वपूर्ण हुने विश्वास कम्पनीले लिएको छ।
यसै कर्निवालमा दिगो ग्रुप अन्तर्गत अन्य स्टलमा सहभागीहरूले विद्युतीय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर साथै नेपाली राजमार्गमा चर्जिङ्ग स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो ई–स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन् ।



































