National life

भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडी टाटाको टियागोको नेपालमा बुकिङ खुल्ला, मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
750Shares
भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडी टाटाको टियागोको नेपालमा बुकिङ खुल्ला, मूल्य कति ?
ncell

काठमाडाैं । टाटाको टियागोको नेपालमा समेत बुकिङ खुलेको छ । भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडीको रुपमा रहेको टाटाको टियागोको नेपालमा समेत बुकिङ खुलेको हाे ।

नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा कम्पनीबाट उत्पादित गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ खुलाइएको जनाएको हो ।

भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय चारपांग्रे साधनको रुपमा रहेको टियागो इभीको नेपालमा मूल्य ३० लाख रुपैयाँभन्दा कम नै पर्ने दाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा समेत राख्ने यो गाडीले ग्राहकहरुको ध्यान तान्ने विश्वास व्यक्त गरेको छ ।

नेपालका ग्राहकहरुले समेत धेरै प्रतिक्षा गरेको इभी हो, टियागो । सिप्रदी ट्रेडिङका एक अधिकारीले भने–‘नाडामा टियागोको इभीले तहल्का मच्चाउने हाम्रो विश्वास छ।’

तत्कालका लागि टियागो इभीका लङ र मिडियम गरी दुई भेरियन्ट नेपाली बजारमा आउनेछन् ।

टियागो इभीको लङ रेञ्ज भेरियन्टमा २४ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध हुने कम्पनीले जनाएको छ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेञ्ज दिने दाबी गरिएको छ।

यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ।

यस्तै, मिडियम रेञ्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेञ्ज प्रदान गर्ने, यसमा जडित ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ।

हाल टियागो इभी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रङ्गमा उपलब्ध हुने कम्पनीका अधिकारीहरुको भनाई छ ।

यो गाडीको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घण्टा लाग्नेछ । यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी पनि उपलब्ध हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?