National life

इभि गाडी खरिदमा अब ६० प्रतिशत मात्रै कर्जा पाइने, आईसीई इन्जिनमा सुबिस्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
985Shares
इभि गाडी खरिदमा अब ६० प्रतिशत मात्रै कर्जा पाइने, आईसीई इन्जिनमा सुबिस्ता
ncell

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षामा अधिकांश नीतिहरूलाई निरन्तरता दिएको भए पनि विद्युतीय गाडीमा कडाइ गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै विद्युतीय गाडीको कर्जा सीमा  ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा कायम गरेको छ ।

यसअघि विद्युत् गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था रहे पनि केन्द्रीय बैंकले विद्युतीय गाडीको कर्जा मूल्याङ्कन अनुपात घटाएर ६० प्रतिशतमा झारेको हो । आईसीई इन्जिन अर्थात् पेट्रोल–डिजेल लाग्ने गाडीको भने बढाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आइसीई इन्जिन गाडीमा अब ६० प्रतिशत पाइने छ । यसअघि ५० प्रतिशत कर्जा पाइने व्यवस्था रहेको थियो। मौद्रिक नीतिको समीक्षा मार्फत भनिएको छ,‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ’

अब पेट्रोलियम र विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकले कुल मूल्यको ६० प्रतिशतसम्म ऋण दिनेछन् भने ४० प्रतिशत रकम ग्राहकले पहिले नै भुक्तानी गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
985SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?