National life

विद्युतीय गाडीमा किलोवाट छली भएको राजस्व सचिव घिमिरेको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
960Shares
विद्युतीय गाडीमा किलोवाट छली भएको राजस्व सचिव घिमिरेको दाबी
ncell

काठमाडौँ। राजस्व सचिव डा.रामप्रसाद घिमिरेले  विद्युतीय गाडीमा किलोवाट छली भएको बताएका छन्। भन्सार विभागको तथ्यांकमा हेर्दा इभि गाडीको आयातमा ठुलो विचलन भएको घिमिरेको भनाई छ ।

अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव घिमिरेले भने ‘भारतमा मूल्यमा कर लगाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर हामीले किलोवाटमा लगाएका छौँ, गाडी आयातको तथ्यांक हेर्दा ५० देखि १ सय किलोवाटमा धेरै आयात भएको देखियो जसमा विचलन भएको भेटियो यसलाई रोक्न कर बढाएका छौँ ।’

घिमिरेले इभि आयातकर्ताहरूले १ सय किलोवाट भन्दा बढीको गाडीलाई कागजात मिलाएर ल्याउने गरेको जानकारी गराएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा वेबसाइट परीक्षण गर्दा पनि विचलन देखिएको सचिव घिमिरेको भनाइ छ।

इभि गाडीमा किलोवाट छलीबाट ५ अर्ब भन्दा बढी राजस्व चुहावट भएको अनुमान गरिएको राजस्व सचिव घिमिरेको भनाई छ । ओमोडा र डिपलका इभिमा किलोवाट छली भइरहेको फेलापरेपछी भन्सार विभागले प्राविधिक परीक्षण सहितको अध्ययन गरिरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?