National life

नेपालमा विद्युतीय गाडीको बढ्दो लोकप्रियता: ४ महिनामा ३४ सय बढी नेपाल भित्रिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
1.6kShares
नेपालमा विद्युतीय गाडीको बढ्दो लोकप्रियता: ४ महिनामा ३४ सय बढी नेपाल भित्रिए
ncell

काठमाडौँ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो चार महिनाको अवधिमा ३४ सय बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।

चार महिनाको अवधिमा (साउन, भदौ, असोज र कात्तिक) आठ अर्ब ३७ करोड नौ लाख ५२ हजार रुपैयाँ बराबरका तीन हजार ४८७ ईभी नेपाल भित्र्याइएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

चार महिनामा ५० किलोवाट क्षमतासम्मका एक हजार ५० र ५१ देखि १०० किलोवाट क्षमताका दुई हजार ११५ ईभी नेपाल भित्र्याइएको छ। यसबाट सरकारले पाँच अर्ब १९ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै विभागको तथ्यांक अनुसार १०० देखि २०० किलोवाट क्षमताका ३१६ र त्यसभन्दा माथिका ६ बिजुली गाडी चार महिनाको समयमा नेपाल भित्र्याइएको  छ । गत आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबर मूल्यको दुई हजार ७८७ ईभी नेपाल भित्र्याइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?