National life

 मनोरेल स्थापना गर्न दक्षिण कोरिया र नेपालबिच ६वटा सम्झौता ,के-के भए सम्झौता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
1.6kShares
 मनोरेल स्थापना गर्न दक्षिण कोरिया र नेपालबिच ६वटा सम्झौता ,के-के भए सम्झौता ?
ncell

काठमाडौं। दक्षिण कोरिया र नेपालको बिचमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ।

नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेल सहित सात वटा सम्झौता भएको हो। ‘ड्राइभिङ नेसनल डेभलपमेन्ट’ नारा दिइएको उक्त गोष्ठीको कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ् विश्वविद्यालय र एमआईटी फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि सामानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कार्यहरु गर्ने उल्लेख गरिएको छ ।कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारका लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनबीच पनि सम्झौता भएको हो ।

त्यसैगरी, सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ।

सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष सङ्गीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवर्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल सङ्घका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका हुन।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?