काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिँदा नयाँ तथा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको आवेदन प्रक्रिया अवरुद्ध भएको छ।
विभागका अनुसार १६ कात्तिकबाट आंशिक रूपमा सञ्चालनमा आएको प्रणाली फेरि समस्या देखिएपछि अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ ।
साथै, २३ र २४ भदौमा भएको आन्दोलनका कारण कार्यालयमा ठूलो क्षति पुगेको थियो। त्यसपछि आंशिक रूपमा संचालनमा आएको डेटा सेन्टरमा पनि प्रणालीगत समस्या देखा परेपछि सेवाहरू फेरि अवरुद्ध भएको विभागले जनाएको छ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै नयाँ ड्राइभिङ लाइसेन्स र इलेक्ट्रोनिक लाइसेन्सका लागि आवेदन दिनका लागि प्रणाली ठिक भएपछि मात्र सेवा उपलब्ध गराइने जनाएको छ।
डेटा सेन्टरमा पुनः समस्या देखिएको कारणले गर्दा हजारौं आवेदन प्रक्रियामा बाधा पुगेको छ। नागरिकहरूले यो समयमा नयाँ लाइसेन्सको लागि आवेदन गर्न असमर्थ हुनेछन्।


































