National life

यातायात विभागको मेशिन नष्ट भएपछि सुरक्षण मुद्रण केन्द्रले नयाँ लाइसेन्स छाप्ने काम सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.1kShares
यातायात विभागको मेशिन नष्ट भएपछि सुरक्षण मुद्रण केन्द्रले नयाँ लाइसेन्स छाप्ने काम सुरु
ncell

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको उद्घाटन गरेका छन्। शुक्रबार काभ्रेमा आयोजित विशेष समारोहमा उनले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिने नयाँ लाइसेन्सको औपचारिक उद्घाटन गरेका हुन्।

यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबीच लाइसेन्स छपाइसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो। पुरानो २५ लाख लाइसेन्समध्ये १२ लाख लाइसेन्स अब सुरक्षण मुद्रण केन्द्रमार्फत छापिने भएको छ।

यसअघि, गत भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग पूर्णरूपमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही क्रममा सवारी लाइसेन्स छपाइ मेशिन पनि पूर्ण रूपमा नष्ट भएको थियो। मन्त्री खरेलले यस उद्घाटन समारोहमा नयाँ छपाइ प्रणालीले लाइसेन्स वितरणमा गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?