National life

यो दशैं तिहारमा दुई पाङ्ग्रे सवारी खरिदमा आकर्षक अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
502Shares
यो दशैं तिहारमा दुई पाङ्ग्रे सवारी खरिदमा आकर्षक अफर
ncell

काठमाडौं– दशैं तथा तिहार जस्ता चाडपर्वहरुहरुलाई लक्षित गरेर विभिन्न मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याउने गरेका छन् । यस वर्षको दशैं तिहार तथा छठजस्ता ठुला पर्वहरु नजिकिदै गदौ कतिपय कम्पनीहरुले विभिन्न खालका अफरहरु सार्वजनिक गरेका छन् ।

विगतका वर्षहरूमा जस्तै केहि मोटरसाईकल तथा स्कुटर विक्रेता कम्पनीहरुले पुराना बाइकहरु एक्सचेञ्जको अफरदेखि लाखौं रुपैयाँसम्मको क्यास ब्याकको अफर सार्वजनिक गरिसकेका छन् । नेपालका लागी मोटरसाईकल तथा स्कुटर विक्रेता कम्पनी केटीएम ड्युक, हिरो, यमाहा, सुजुकी, होण्डा तथा टीभीएस ब्राण्डका मोटरसाईकल तथा स्कुटर बिक्रेता कम्पनीले यस वर्षको लागि आफ्नो दशैं–तिहार अफर योजना सार्वजनिक गरेका छन् ।

केटीएम नेपालले दशैं तथा तिहारको अवसरमा केटीएमका जुनसुकै पनि बाइक खरिदकर्तालाई केटीएम ज्याकेट प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, कम्पनीले पुराना बाइक एक्सचेन्ज गर्दा मूल्यांकनको १५ हजार रुपैयाँ थप गरिदिने जनाएको छ ।
यता हिरोले पनि आफ्नो कम्बपनीको मोटरसाइकल तथा स्कुटर खरिदमा गर्दा ५ लाख रुपैयाँसम्म जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्स रहेको छ । यसका साथै कम्पनीले बम्पर उपहारमा नेटा ईभी कार पनि जित्न सकिने समेत जनाएको छ । यस्तै हिरोको जुनसकै बाइक तथा स्कुटर खरिद गर्दा ८ हजार देखि ५ लाख रुपैयाँसम्म छुट पनि पाउन सकिने कम्पनीले जनाएको छ ।यस्तै नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु राइडर्सले पनि यसपालिको दशैं–तिहार अफर अन्तर्गत आफ्ना ग्रहाकहरुका लागि बिगेस्ट १०औं नामक स्कीम ल्याएको छ ।

जसअन्र्तगत १० लाख रुपैयाँसम्मको हातखाली नजाने स्योरशट क्याशब्याक पाउन सकिने कम्पनीले जनाएको छ । यसका साथै यामाहाको बाइक तथा स्कुट खरिदका गर्न शून्य प्रतिशत ब्याजदरमा ग्राहकले कर्जा सुविधा पाउने पनि कम्पनीले जनाएको छ ।सीएफमोटो र जिहो ब्राण्डको आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले दुवै ब्राण्डका लागि चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त ब्राण्डहरूको मोटरसाइकल तथा स्कुटर किन्दा छुटसहित विभिन्न सुविधा पाइने कम्पनीले जनाएको छ ।

सीएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा १८ हजार रूपैयाँ मूल्य बराबरको फ्री एसेसरिज पाउन सकिने छ । त्यसैगरी, हालै नेपाली बजारमा भित्रिएको ४५० एमटी बाइक किन्दा एलएस २ हेल्मेट पाउन सकिने छ ।

जिहो ब्राण्डको एई ६ प्लस इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार रुपैयाँ मूल्यको लगेज बक्स लिन वा सिधै २० हजार रूपैयाँ छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी, एई ४ मा १५ हजार रुपैयाँ र एई ८ मा १० हजार रूपैयाँ नगद छुट पाउन सकिने छ ।

यसका साथै विभिन्न मोडलका पुराना जुनसुकै बाइक वा स्कुटरसँग नयाँ सीएफमोटो वा जिहो ब्राण्डका बाइक वा स्कुटर साट्नसमेत सकिने छ । यसका लागि सहज फाइनान्स तथा एक्सचेन्ज सुविधासमेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

यस्तै हेण्डा, सुजुकी, बजाज र टीभीएसले पनि यस वर्षको दशैँतिहार बिशेष अफर ल्याएका छन् । होन्डाको दुईपांग्रे सवारीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कुपनमार्फत १० लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ । साथै ‘चुज योर स्किम’ अन्तर्गत थप १० हजार वा १२ हजार ५ सय रुपैयाँ बराबरको पाँच वर्षे एएमसी प्याकेज पाउन सकिने छ । होन्डाको बिग बाइक खरिदमा एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

भने नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले दशैं९तिहार लक्षित गरी ‘दशैं आयो क्याश पायो’ योजना सार्वजनिक गरेको छ । यो योजनामा सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ७ हजार देखि ५ लाख रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने छ । यस्तै कम्पनीले एक्स्चेन्ज र फाइनान्सको सुविधा पनि दिएको छ ।

यस्तै नेपालमा आधिकारिक रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री बितरण गर्दै आईरहेको बजाज मोटरसाइकल ‘क्यास सफारी’ अफर आएको छ । यो अफरमा बजाजको हरेक बाइक खरिदमा स्योरसट रूपमा १ लाख रूपैयाँसम्म क्यास जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउनसक्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?