National life

राष्ट्र बैंकले ल्यायो हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन नयाँ व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
764Shares
राष्ट्र बैंकले ल्यायो हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन नयाँ व्यवस्था
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नयाँ नीतिगत एवं प्रक्रिया व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले आज हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० जारी गरेको हो। यस किसिमको स्वीकृतिका लागि राष्ट्र बैंकले विभिन्न मापदण्ड तोकेको छ।

हायर पर्चेज कर्जा दिने कम्पनी सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारका साथै राष्ट्र बैंकले अन्य केही मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्ता छन् मापदण्ड

हायर पर्चेज कर्जा दिन स्वीकृति दिँदा सो कारोबार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारी रुपमा हुन्छ भन्ने लागेमा,

प्रचलित कानुन र सो अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीका अधीनमा रही हायर पर्चेज कर्जा दिन सक्षम छ भन्ने लागेमा

स्वीकृतिको लागि दिएको निवेदनसाथ संलग्न विवरण तथा कागजात अनुसार कम्पनी हायर पर्चेज कर्जा दिन सक्षम छ भनी विश्वास गर्ने पर्याप्त आधार भएमा।

कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोबार सुरु गरिसक्नुपर्नेछ। अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ।

यी अवस्थामा हायर पर्चेज कर्जा दिने स्वीकृति नदिन सकिने

बैंक वा वित्तीय क्षेत्रको विद्यमान अवस्था र सम्भाव्यताको आधारमा त्यस्तो कम्पनीलाई स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा।

हायर पर्चेज कम्पनीको उपस्थिति बढी भएको क्षेत्रमा कम्पनी स्थापनाका लागि नयाँ निवेदन आएमा सो अस्वीकार गर्न सकिनेछ।

हायर पर्चेज कर्जा दिन निवेदनसाथ पेश गरिएका विवरणहरु पर्याप्त वा विश्वसनिय नदेखिएमा।

कुनै कम्पनीलाई हायर पर्चेज कर्जा दिन स्वीकृति दिन नसकिने अवस्था भएमा नेपाल राष्ट्र बैंकले सोको कारण खुलाई निवेदन परेको मिति वा थप विवरण माग गरेको भए त्यस्तो विवरण प्राप्त भएको मितिले एक सय बीस दिन भित्र सम्बन्धित कम्पनीलाई सूचना दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?