National life

वायुसेवा निगमको सफलता वर्षमा ३७ सय पटक अन्तर्राष्ट्रिय उडान ,गत वर्ष भन्दा दोब्बर आम्दानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
649Shares
वायुसेवा निगमको सफलता वर्षमा ३७ सय पटक अन्तर्राष्ट्रिय उडान ,गत वर्ष भन्दा दोब्बर आम्दानी
ncell

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पछिल्लो एक वर्षमा ३७ सय ६८ पटक अन्तर्राष्ट्रिय उडान गरेको छ ।

निगमले गत आर्थिक वर्ष २०७९/८० मा ३७ सय ६८ वटा अन्तर्राष्ट्रिय उडान गरेर ६ लाख २९ हजार १४७ संख्यालाई सेवा दिएको छ । यसरी यात्रु सेवा दिएवापत निगमले गत वर्षको बजार हिस्सा १६.५६ प्रतिशत रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निगमसँग भएको न्यून स्रोतसाधनको पूर्ण क्षमतामा उपयोग गरी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहसहित व्यावसायिक धर्मलाई थप दृढतापूर्वक आत्मसात् गर्ने प्रतिवद्धता गरेको पनि निगमको भनाइ छ ।

यो अवधिमा निगमको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको छ । नेपाल वायुसेवा निगमको बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको पनि निगमको भनाइ छ ।

‘कोभिड–१९’ महामारीको असर न्यूनीकरणोन्मुख हुँदै गएपछि विश्व पर्यटन तथा हवाई उद्योग क्रमशः चलायमान हुन थाल्यो र नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुन थालेको छ ।

यसबाट निगमको पूर्ववत् सन् २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा तुलनात्मक रुपमा कमी देखिए पनि निगमको उडान संख्या तथा निगमबाट यात्रा गर्ने यात्रु संख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले बृद्धि भएको छ र २०२३ को अन्त्यसम्ममा उक्त आँकडामा थप बृद्धि हुने दाबी निगमको छ ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?