National life

नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, नक्कली बोर्डिङ पास प्रकरण खुलासा

विदेश पठाउने प्रकरणमा निगमका कर्मचारी नियन्त्रणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.1kShares
नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, नक्कली बोर्डिङ पास प्रकरण खुलासा
ncell

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई शंकास्पद यात्रु व्यवस्थापन प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित्रा चन्द र प्रवीण लामिछाने रहेका छन्। दुवै जना करारमा कार्यरत ग्राउण्ड ह्याण्डलिङ कर्मचारी हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाअनुसार भारतको इन्डिगो एयरमार्फत यात्रा गर्ने एक भारतीय नागरिक अध्यागमन प्रक्रिया पूरा गरी प्रतीक्षालयमा पुगेका थिए। सोही क्रममा ती यात्रुलाई नेपाल एयरलाइन्सका कर्मचारीमार्फत फ्लाई दुबईको उडानका लागि बोर्डिङ पास उपलब्ध गराइएको पाइएको छ।

पछि उक्त यात्रु दुबई पुगेको पुष्टि भएको स्रोतले जनाएको छ। सामान्यतया भारतीय नागरिकले नेपाल हुँदै तेस्रो मुलुक जान ‘नो अब्जेक्शन सर्टिफिकेट’ आवश्यक पर्ने प्रावधान छ।

यस विषयमा अध्यागमन विभागले प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो। अहिले घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?