National life

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे जवाफ पेस गर्न निगमलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
873Shares
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे जवाफ पेस गर्न निगमलाई निर्देशन
ncell

काठमाडौँ। न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको समितिको आज बसेको बैठकमा निगमलाई उक्त निर्देशन दिएको हो। समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न समितिले निर्देशन दिएको हो ।

समितिका सभापति समेत रहेका राज किशोर यादवले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेस गर्न यादवले आग्रह गरेका छन् ।

उनले भने,‘अबको दुई हप्ता अर्थात् १५ दिनभित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी छैन । परिस्थिति यस्तो हुन गयो । त्यो लजिक र भ्यालिड हुन गयो भने समिति त्यही अनुरूप जान्छ । दुवैको निर्णय कुन परिस्थिति र किन भयो । त्यसका पछि केके कारण छ । त्यसका विषयमा जानकारहरू नै समितिमा राखेर छलफल गर्नुपर्छ । अबको १५ दिनभित्र समितिले माननीयहरू तोक्छौँ । त्यो जुन भ्रष्टाचारजन्य कार्य भएको छैन  भनी पुष्टि हुने प्रमाण सहित पेस गरिदिनु पर्‍यो ।’

यो समाचार शेयर गर्नुहोस्
873SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?