काठमाडौं । विश्वका प्रमुख विद्युतीय सवारी साधन निर्माता मध्ये GAC Group चीनको उत्कृष्ट दोस्रो ई भी ब्रान्ड र विश्वमा उत्कृष्ट तेस्रो ई भी ब्रान्डको स्थानमा पर्न सफल भएको छ।
यो उल्लेखनीय उपलब्धिले विद्युतीय सवारी साधन बजारमा, GAC Group को सवारी साधनहरू हुने गुणस्तर र दिगोपनको प्रतिबद्धता झल्काएको छ ।
नेपालमा विद्युतीय सवारी साधनहरूको माग बढ्दै जाँदा, GAC को Aion Y सबैको लोकप्रिय भइरहेको छ। चार महिना अघि मात्र नेपालमा भित्रिएको Aion Y , छोटो समयमै नेपाली उपभोक्ताहरूको मनपर्ने सवारी साधन बनेको छ।
यो सवारी साधनले प्रभावशाली रेन्ज , छिटो चार्ज गर्ने क्षमता, र स्मार्ट फिचर छन, जसले ड्राइभिङ अनुभवलाई सुधार गर्दछ। नेपालमा Aion Y को सफलता त शुरुवात मात्र हो, GAC Groupले आगमी दिनमा लेटेस्ट मोडेलहरू मर्केट्मा ल्याउने लक्ष्य बोकेको छ ।


































