National life

सिजी मोटर्सको नेटा भी र एक्स खरिदमा ५० हजार सम्मको नगद छुट अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ असोज २०८१, सोमबार
902Shares
सिजी मोटर्सको नेटा भी र एक्स खरिदमा ५० हजार सम्मको नगद छुट अफर
ncell

काठमाण्डौं । सिजी मोटर्सले यस दशैं अफर अनर्तगत ग्राहकहरूको लागि नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ । विद्युतीय गाडी किन्न चाहनेहरूका लागि यो अफर निकै फाइदाजनक हुने कम्पनीले जनाएको छ । नेटा भी किन्दा, ग्राहकहरूले ५० हजारसम्मको निश्चित नगद छुट पाउने भएका छन् ।

साथै,आफ्नो पुरानो गाडी साटेर नयाँ ईभी किन्न चाहनेहरूका लागि थप ५० हजारसम्मको एक्सचेन्ज बोनसको सुविधा पनि दिइएको कमपनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीको लागि बाली जाने निःशुल्क यात्रा पनि उपहारमा पाउन सक्ने बताइएको छ ।

विद्युतीय गाडी नेटा भी मा ४०.७ किलोवाट क्षमताको ब्याट्री रहेको छ । र यसमा भएको १२० एनएमटर्कले गतिशील ड्राइभिङ अनुभवलाई थप उत्कृष्ट बनाउने कम्पनीको भनाई छ । नेटा भी ले २० मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्मको छिटो चार्ज सुविधा दिने कम्पनीको दावी छ । एकपटकको चार्जमा ३८० किमि टाढासम्मको यात्रा गर्न सक्ने क्षमता रहेको नेटा भी मा सिएटियलका लिथियम आइरन फस्फेट ब्याट्रीहरू छन् । जसको ८ वर्ष वा १ लाख ५० हजार किमी सम्मको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?