National life

सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ मंसिर २०८२, मङ्गलबार
503Shares
सिप्रदी अटोपार्ट्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी
ncell

सिप्रदी अटोपार्ट्स प्रा.लि.द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ। उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

नोभेम्बर १४, २०२५ -कार्तिक २८_ मा आयोजित TATA Genuine Parts Tigers Meet 2025 कार्यक्रममा विशेष रुपमा लक्की ड्रका विजेताहरू घोषणा गरिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।

कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए।

यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कार अन्तर्गत Bajaj Pulsar 150cc मोटरसाइकल Eastern Roadlife ले जित्न सफल भयो, जसले टाटा जेन्युइन पार्ट्स Banglamukhi Motor Traders, विराटनगरबाट खरिद गरेको थियो। दोस्रो ठूलो पुरस्कार TVS Ntorq 125cc काठमाडौँको कुलेश्वरस्थित Bigyan Automobiles बाट खरिद गर्ने ग्राहक सगर राउतले हात पारे। स्मार्ट टिभीको पुरस्कार Goenka Foods Pvt. Ltd. ले जित्यो, जुन बुटवलस्थित Gandaki Auto Trading बाट किनिएको थियो। यस्तै, स्मार्टफोन Wonderland Boarding School ले जित्यो, जसले डामकको S.T. Traders मार्फत खरिद गरेको थियो।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ।

सिप्रदी अटोपार्ट्स प्रा.लि. ले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?