काठमाडौँ । फागुन ७ गते नेपाल एयरलाइन्सले सिमकोट - सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।
यसअघि नेपालगन्ज (सिमकोट) नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिएका छन्।
“नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज- सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट- सुर्खेत परीक्षण उडान हुनेछ”, लामाले भने,“त्यसपछि सुर्खेत- सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भन्नेबारे निचोड नभइसकेको लामाको जानकारी छ ।
सिमकोटबाट नेपालगन्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्जबाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने एयरलाइन्सको जानकारी छ ।

































