National life

नेपाल एयरलाइन्सको ६७ वर्षे यात्रा पुरा : खुम्चिँदै व्यापार बढ्दै ऋण, ५० अर्बको भार कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ असार २०८२, मङ्गलबार
1.2kShares
नेपाल एयरलाइन्सको ६७ वर्षे यात्रा पुरा : खुम्चिँदै व्यापार बढ्दै ऋण, ५० अर्बको भार कायमै
ncell

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६८ वर्षे यात्रामा प्रवेश गरेको छ । वि.स २०१५ असार १७ गते (सन् १९५८ को जुलाई १) मा स्थापना भएको  निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ।

आज भन्दा ६७ वर्ष पहिले स्थापना भएको नेपालको पहिलो र सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी आजदेखि ६७ वर्ष पुरा गरेर ६८ औँ वर्षमा प्रवेश गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ।

विमानले आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा सेवा दिइरहेको छ। निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन्। विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ। भने दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। तर निकै गौरवपूर्ण इतिहास रहेको सरकारी स्वामित्वको यो संस्थान अहिले निकै दयनीय अवस्थामा रहेको छ ।

एयरलाइन्स ५० अर्ब रुपैयाँको ऋण

६७ वर्ष लामो अवधिमा नेपाल एयरलाइन्स ५० अर्ब रुपैयाँको ऋणको भार छ । आन्तरिक रूपमा बढी यात्रु हुने क्षेत्रमा नेपाल एयरलाइन्सले आफ्नो उडान भर्न सकेको छैन भने अन्तर्राष्ट्रिय उडानहरू पनि मुख्य सिजनमा कम हुने गरेका छन् । नेपाल एयरलाइन्सले समय अनुसार आफूलाई अघि बढाउन नसक्दा अहिले घाटामा चलिरहेको छ । ऋणको भारी बढ्दै गइरहेको छ भने व्यापार पनि खुम्चिँदै गएको छ ।

वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । यो ऋण तिर्नका लागि पनि निगमले सरकारसँग अपिल गर्दै आएको छ । भएका विमान नियमित रूपमा सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ।

निगमको विद्यमान अवस्थाको सुधारका लागि पटक–पटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन। निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?