काठमाडौँ। नेपाल एयरलाइन्सको मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । विमानले उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका चार वटै विमान सञ्चालनमा आएका छन् ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सी(चेकको मर्मत सम्भार पश्चात् विमानले पुनः नियमित उडान सुरु गरेको हो। मकालु विमानले आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको हो ।

































