National life

सि.जि.मोटर्सले नेपालमा पहिलो सिएटिल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
537Shares
सि.जि.मोटर्सले नेपालमा पहिलो सिएटिल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने
ncell

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोर्टसले नेपालमा संसारकै ठुलो ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएल को ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।

नेपालमा बढ्दो इभिगाडीहरू तथा ग्राहकहरूमाझ ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न सिजी मोर्टसले ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो।

सेवाग्राहीमैत्री ब्रान्डले सबैको मन जित्न सफल सिजी मोटर्सको यो कदमले ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ । ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ब्याट्री सर्भिस सेन्टर तथा ल्याब को लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सिजीले उच्च दक्ष र सिएटिएलको प्राविधिक ट्रैनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ।

तथ्याङ्क अनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सिएटिल ब्याट्रीको नेपालमा बजार हिस्सा दुई तिहाई रहेको छ। सिजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहकहरु बाहेक नेपालमा सिएटिएलको ब्याट्री जडित अन्यअरू थुप्रै ब्रान्डको ग्राहकले पनि सेवा लिन सक्ने जनाएको छ। छोटो समयमै सर्भिस प्रधान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरुले सेवा लिन सक्ने हुनाले सिएटिएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले बिश्वास लिएको छ

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?