काठमाडौँ। नेपालमा AION विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै सबैभन्दा ठूलो मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल आयोजना गर्ने घोषणा गरेको छ। यस कार्निभलमार्फत ग्राहकहरूले विश्वप्रसिद्ध विद्युतीय सवारी ब्रान्ड AION का गाडीहरू आकर्षक तथा विशेष अफरसहित अनुभव गर्न सक्नेछन्।
मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा AION का विद्युतीय सवारीसाधनहरूमा रु. १० लाखसम्मको नगद छुट, सर्वोत्तम मूल्यांकनसहितको एक्सचेन्ज बोनस, अन-द-स्पट फाइनान्स सुविधा, १ वर्षको Auto Plus इन्स्योरेन्स, वाल-माउन्ट होम चार्जर, तथा आर्थिक वर्षको वार्षिक रोड ट्याक्स जस्ता आकर्षक सुविधाहरू उपलब्ध हुनेछन्।
उक्त कार्निभल माघ १५ देखि १८, २०८२ सम्म एलिस रिसेप्सन, गैरीधारा, काठमाडौंमा आयोजना हुनेछ। कार्यक्रमलाई पारिवारिक र रमाइलो बनाउने उद्देश्यले किड्स जोन, फुड कोर्ट, तथा प्रत्येक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको छ।
कार्यक्रमका दौरान ग्राहकहरूले AION का विद्युतीय एसयूभीहरू, विशेषगरी AION V, नजिकबाट अनुभव गर्ने अवसर प्राप्त गर्नेछन्। आधुनिक डिजाइन र उन्नत ड्राइभिङ प्रविधिका लागि परिचित प्रिमियम विद्युतीय एसयूभी AION V ले ७५.३ kWh क्षमताको उच्च–क्षमता ब्याट्रीको सहायतामा ६५० किलोमिटरसम्म (NEDC) ड्राइभिङ रेन्ज प्रदान गर्दै सहरभित्रको दैनिक यात्रादेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त विकल्पका रूपमा आफूलाई स्थापित गरेको छ।
AION का अतिरिक्त, मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा Xpeng, Smart, Riddara, King Long, Dayun तथा Neta लगायतका अन्य अग्रणी अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसबाट ग्राहकहरूले एउटै स्थानमा विविध विकल्पहरू र थप मूल्य लाभ प्राप्त गर्न सक्नेछन्।
AION मात्र नभई, यस मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा अन्य विभिन्न अटोमोबाइल ब्रान्डहरूमा पनि आकर्षक अफरहरू उपलब्ध हुनेछन्, जसले ग्राहकहरूलाई एउटै स्थानमा विभिन्न विकल्पहरू र थप लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। इच्छुक ग्राहकहरूलाई सीमित अवधिका यी विशेष अफरहरूको लाभ लिन कार्यक्रम स्थलमा उपस्थित हुन सीजी मोटर्सले अनुरोध गरेको छ।


































