काठमाडौँ। नेपालमा XPENG इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले “XPENG XPERIENCE – Upgrade to Excellence” नामक विशेष एक्सचेन्ज क्याम्पेन घोषणा गरेको छ। यस क्याम्पेनमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरेर XPENG को अत्याधुनिक इलेक्ट्रिक SUV मा आकर्षक सुविधासहित अपग्रेड गर्न सक्नेछन्।
सीजी मोटर्सका अनुसार अफरअन्तर्गत ग्राहकहरूले XPENG G6 मा अपग्रेड गर्ने अवसर पाउनेछन्। यो मोडेलमा 440 Nm टर्क, एडभान्स्ड अटो–पायलट, अटो–पार्किङ प्रणाली, 5 Star Euro NCAP सुरक्षा रेटिङ तथा 50:50 वेटडिस्ट्रिब्युशन जस्ता प्रिमियम विशेषताहरू समावेश छन्।
ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै, सीजी मोटर्सले क्याम्पेनमा ६.३% ब्याजदर, विशेष क्यास लाभ, १ वर्षको इन्स्योरेन्स, १ वर्षको रोड ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ kW वाल माउन्ट चार्जर, ३.३ kW ट्राभल चार्जर, साथै कार वासर तथा भ्याकुम क्लिनरसमेत प्रदान गरिने जनाएको छ।
कम्पनीका अनुसार यसले EV किन्नेमार्फत सुरु हुने सम्पूर्ण प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउनेछ।यसबाहेक, क्याम्पेन अवधिभर टेस्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। भविष्यमुखी डिजाइन, आधुनिक स्मार्ट फिचर र ग्राहक सन्तुष्टिमा केन्द्रित सेवासहित XPENG ले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्य लिएको सीजी मोटर्सले जनाएको छ।


































