काठमाडौं । जिएसी एवोनको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नयाँ ईभी मोडल ‘एवोन भी’ सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले यो नयाँ ईलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको हो ।
दुबै भेरिएन्टमा नयाँ विशेषतायुक्त म्यागेजिन ब्याट्री जाडन गरिएको हो ।जसको रेन्ज भने क्रमशः ५२० किलोमिटरको र ६५० किलोमिटर दाबी गरिएको छ ।
https://www.youtube.com/watch?v=MrJRV0CMro8&t=18s
लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड रहेको छ ।
ग्राहक अनुभवलाई थप सहज बनाउन सीजी मोटर्सले सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । यस एपमार्फत २४ सै घण्टा रोड साइड असिस्टेन्स, सर्भिस सेन्टरको जानकारी, चार्जिङ स्टेसनको जानकारी लिन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्र र २४० चार्जिङ स्टेसनमार्फत सेवा दिने जनाएको छ ।



































