National life

सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपालमा, यस्तो छ मनसुन अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
529Shares
सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपालमा, यस्तो छ मनसुन अफर
ncell

काठमाडौँ। सुनरा इलेक्ट्रीकको नयाँ स्कुटर नेपाल भित्रिएको छ ।

सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले तीन मोडल– रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ । रोबो–एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा रू ५८ हजार र ह्वांक सिंगल ब्याट्रीमा रू।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
३७ हजार छुट उपलब्ध गराइएको छ ।

रोबो–एसः रोबो–एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ । ७२ भोल्ट २० एम ए एचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ । रोबो–एसको एमआरपी तीन लाख ७९ हजार ९०० रूपैयाँ रहेको छ।

ह्वांकः ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ । ७२ भोल्ट २० एमएएचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टाको छ। ह्वांक डबल ब्याट्री को एमआरपी रू तीन लाख १७ हजार ९०० रहेको छ भने सिंगल ब्याट्रीको एमआरपी रू। दुई लाख ३६ हजार ९०० रहेको छ ।

सुनरा के ५ः सस्तो रेञ्जको सुनरा के ५ पनि नेपाल भित्रिएको छ । यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ । ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६र७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ । यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ । सुनरा के ५ को एमआरपी रू एक लाख ८९ हजार ९०० रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?