National life

स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०६ माघ २०८२, मङ्गलबार
977Shares
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
ncell

काठमाडौं। स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ। यस परीक्षणले ग्राहकहरूलाई ARAI-प्रमाणित तथ्यांकमा उल्लेख गरिएको भन्दा सडकमा चलाउँदा इन्धन दक्षतामा कस्तो फरक देखिन्छ भन्ने स्पष्ट चित्र दिन्छ।

१.०–लिटर टर्बो पेट्रोल इञ्जिन र म्यानुअल गियरबक्ससहित आएको किलाकको ARAI–प्रमाणित माइलेज १९.६८ किलोमिटर प्रतिलिटर हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर वास्तविक ट्राफिक र सडक अवस्था भिन्न हुने भएकाले वास्तविक माइलेज पनि त्यस अनुसार परिवर्तन हुन्छ।

पछिल्लो परीक्षणमा सहर र हाइवे दुवै परिस्थितिमा कायलाकको प्रदर्शन प्रष्ट देखिएको छ। शहरभित्र कायलाकलाई ८० किलोमिटरको दुरीमा चलाएर परीक्षण गरिएको थियो, जसमा लगातार जाम, सिग्नल र स्टप–एन्ड–गो अवस्थाले इन्धन खपत केही बढी देखियो।

ड्राइभका बखत, यो एसयुभीले ७.४९ लिटर इन्धन प्रयोग गर्यो, जसअनुसार वास्तविक माइलेज १०.६८ किलोमिटर प्रतिलिटर रह्यो। ARAI–प्रमाणित संख्याभन्दा कम भए पनि यस्ता अवस्थाहरूमा निरन्तर ब्रेक, गियर परिवर्तन र कम गतिले इन्धन बढी खर्च हुनु सामान्य हो।

ड्राइभरहरूले सहरभित्र पनि इञ्जिनले राम्रो रेस्पोन्स गरेको र कम गतिमा पनि चलाउन सहज भएको उल्लेख गरेका छन्। हाइवेमा ९१ किलोमिटरको दुरीमा ८५ देखि ९५ किलोमिटर प्रतिघण्टाको स्थिर गतिमा चलाइएको परीक्षणमा भने कायलाकले निकै राम्रो इन्धन दक्षता देखायो। ६.४९ लिटर इन्धन खर्च गर्दै गाडीले १४.०२ किलोमिटर प्रतिलिटर माइलेज दियो।

उल्लेखनीय कुरा के हो भने, स्कोडाले आफ्नो लाइनअपमा असाधारण दक्षता पनि देखाएको छ। जस्तो कि, स्ट्याण्डर्ड स्कोडा सुपर्बले हालै एकै ट्याङ्की पेट्रोलमा २,८३१ किलोमिटर यात्रा गरी विश्व रेकर्ड बनाएको छ। यसले लामो दूरीको यात्राका लागि ब्राण्डको इन्जिनियरिङ उत्कृष्ट छ भन्ने प्रष्ट पारेको छ।

स्थिर गति, अवरोधरहित सडक र निरन्तर ड्राइभिङ अवस्थाले इञ्जिनलाई बढी कुशलतापूर्वक सञ्चालन गर्न मद्दत पुग्यो। परीक्षणको क्रममा ड्राइभरहरूले हाइवेमा पनि कायलाक स्थिर र सन्तुलित भएको र ड्राइभर र प्यासेन्जर दुवैलाई आरामदायी महसुस भएको बताए।

माइलेज ड्राइभिङ गर्ने तरिका, ट्राफिक अवस्था र सडकको प्रकारमा निर्भर हुने भएकाले कुनै पनि आधुनिक गाडीको वास्तविक माइलेज कागजी विवरणभन्दा धेरैजसो अवस्थामा भिन्न हुने गर्छ। शहरका लागि कायलाकले सहज ह्यान्डलिङ र रेस्पोन्सिभ इञ्जिन प्रदान गर्छ, यद्यपि माइलेज भने केही कम देखिन्छ।

हाइवेमा भने यो एसयुभीले उल्लेखनीय दक्षता र आराम प्रदान गर्छ, जसले गर्दा लामो दूरीको यात्रा कम इन्धनमै छिचोल्न सकिन्छ जुन विकेन्ड ट्रीप र लामो यात्राका लागि फाइदाजनक हुन्छ। समग्रमा, स्कोडा कायलाकले शक्ति, आराम र दक्षताको साथमा प्रदर्शन र व्यावहारिकताको राम्रो सन्तुलन प्रस्तुत गर्छ।

म्यानुअल गियरबक्सले शहरमा गति र इन्धन खपत नियन्त्रण गर्न सजिलो बनाउँछ। माइलेज विभिन्न अवस्थाहरूमा फरक पर्ने भएता पनि किलाकले देखाएको वास्तविक प्रदर्शनले यसलाई भारतीय बजारमा विश्वसनीय, किफायती र चलाउन सजिलो एसयूभीको रूपमा स्थापित गर्दछ।

नेपालमा स्कोडा काइलाकको अपेक्षित लन्च नजिकिँदै जाँदा यसको प्रतीक्षा झन् बढ्दो छ, किनकि ग्राहकहरू शहरको भीडभाड र राजमार्गको लामो यात्रा दुवैमा सहज रूपमा अनुकूल हुने कम्प्याक्ट एसयूभी खोजिरहेका छन्। स्कोडाले सम्भावित ग्राहकलाई दैनिक चलाउने क्रममा कस्तो माइलेज र अनुभव पाउन सकिन्छ भन्ने यथार्थ चित्र यी परीक्षणहरूले प्रस्तुत गरेका छन्।

कायलाकको इन्धन दक्षता, छरितो र रेस्पोन्सिभ इञ्जिन र आरामदायी ड्राइभिङ अनुभवले यसलाई इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउँछ। शहरमा दैनिक यात्रा गर्नेदेखि हाइवेमा लामो दूरी ड्राइभ गर्ने सबैका लागि कायलाक उपयुक्त विकल्पका रूपमा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
977SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?