काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरु मङ्सीर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि, सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी, सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था, सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू भएको कम्पनीले जनाएको छ । यस्तै यो गाडीमा चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
एक्स्ट्रिम १६० भने तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ । यस्तै प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा पनि यसमा दिइएको छ । सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ ।


































