National life

ह्युन्डाईको विशेष ‘एक्सचेन्ज अफर’: पुरानो सवारी साटेर नयाँ क्रेटा ईभी घर लैजाने मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
997Shares
ह्युन्डाईको विशेष ‘एक्सचेन्ज अफर’: पुरानो सवारी साटेर नयाँ क्रेटा ईभी घर लैजाने मौका
ncell

काठमाडौँ । ह्युन्डाई नेपालले नयाँ अभियान ‘Upgrade to the Perfect EV’ सार्वजनिक गर्दै ग्राहकहरूका लागि आकर्षक सवारी साटासाट (एक्सचेन्ज) योजना ल्याएको छ। यस अफरमा ग्राहकहरूले आफ्नो पुरानो सवारी साटी नयाँ Hyundai Creta EV घर लैजान सक्नेछन्। यो अफर आजदेखि देशभर रहेका सबै ह्युन्डाई शोरुमहरूमा लागू हुने भएको छ ।

ह्युन्डाई क्रेटा ईभीले कम्पनीको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनलाई संयोजन गर्दै नेपाली बजारमा इलेक्ट्रिक सवारीप्रेमीका लागि उत्कृष्ट विकल्पको रूपमा आफूलाई स्थापित गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले प्रत्येक खरिदमा ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध गराउने जानकारी दिएको छ ।

यस अफरमा ग्राहकहरूलाई रु. १ लाखसम्मको एक्सचेन्ज बोनस, रु. ७५ हजारको विशेष छुट, र रु. २५ हजारको लोयल्टी बोनस पाउने सुविधा रहेको छ। कम्पनीका अनुसार, १ वर्षको फुल इन्स्योरेन्स र सडक कर (रोड ट्याक्स) पनि यस योजनामा समावेश गरिएको बताएको छ, जसले सवारी स्वामित्वलाई झनै सहज र किफायती बनाएको छ।

Hyundai Creta EV ले एकपटकको चार्जमा ३९० किलोमिटर सम्मको ड्राइभिङ रेन्ज र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले नेपाली सडकमा सहज र आत्मविश्वासी ड्राइभिङ अनुभव दिन्छ।

यो सीमित अवधिको अफर इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न इच्छुकका लागि उत्कृष्ट अवसर मानिएको छ। ह्युन्डाईले सबैलाई नजिकको शोरुममा पुगेर “परफेक्ट ईभी” मा अपग्रेड गर्न आमन्त्रण गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?