GAC Aion ले चीनमा नयाँ Aion i60 सार्वजनिक गर्दै आफ्नो ग्लोबल लाइनअपलाई थप विस्तार गरेको छ। यो मोडेलले नेपाल जस्ता हाल Aion V र Aion Y इलेक्ट्रिक SUV उपलब्ध भएका बजारहरुमा ब्रान्डको उपस्थितिलाई अझै बलियो बनाउन सक्छ।
Aion i60 लाई पाँच सिट भएको कम्प्याक्ट SUV को रूपमा प्रस्तुत गरिएको छ, र यो प्योर-इलेक्ट्रिक तथा रेंज-एक्सटेन्डेड (EREV) दुवै भर्सनमा उपलब्ध छ। यो मोडेलले लामो रेन्ज र दक्षतालाई प्राथमिकता दिने ग्राहकहरूलाई लक्षित गर्छ।
प्योर-इलेक्ट्रिक भर्सनले ७५ किलोवाट आवर ब्याट्री प्रयोग गर्छ, जसले अधिकतम ६५० किलोमिटर CLTC रेन्ज प्रदान गर्छ।
लामो दूरीको यात्रा गर्ने चालकहरूका लागि, EREV भर्सनमा 1.5 लिटर इन्जिन (७४ किलोवाट आवर) र १८० किलोवाट इलेक्ट्रिक मोटरको संयोजन छ, जसले २१० किलोमिटर्को प्योर EV रेन्ज र १,२४० किलोमिटरको संयुक्त कुल रेन्ज दिन्छ।
डिजाइनतर्फ हेर्दा, Aion i60 मा स्लिम LED हेडलाइट, सफा फ्रन्ट फेसिया र ऐओन वर्डमार्कसहित आकर्षक लुक दिइएको छ। ४६८५ मिलिमिटर लम्बाई, १८५४ मिलिमिटर चौडाई र १६६० मिलिमिटर उचाई रहेकाले यसको रोड–प्रेजेन्स मजबुत देखिन्छ। सेमी-हिडन डोर ह्यान्डल तथा १८ वा १९ इन्चका ह्विल विकल्पले आधुनिकता थप्छन्।
पछाडितर्फ, फुल-विथ LED लाइट बार र इल्युमिनेटेड लोगो मुख्य आकर्षण हुन्। वाइड-ओपनिङ ढोका र इलेक्ट्रिक टेलगेटले दैनिक प्रयोगमा सहजता ल्याउँछन्। भित्री क्याबिनमा Aion को परिचित इन्टेरिअर डिजाइन अझ सफा र आधुनिक रूपमा प्रस्तुत गरिएको छ।
यस मोडेलमा GAC को GSD Intelligent Driving Suite पनि छ, जसले High-speed Navigation Driving Assist (NDA), स्वचालित पार्किङ (HPA) र लेन-चेन्ज सपोर्ट जस्ता प्रिमियम स्तरका फीचरहरू उपलब्ध गराउँछ।
Aion V र Aion Y मार्फत नेपालमा GAC Aion को उपस्थिति विस्तार हुँदै गएको छ। यदि ब्रान्डले नेपालमा आफ्नो लाइनअप थप विस्तार गर्ने निर्णय गर्यो भने, Aion i60 ले मध्यम-आकारको इलेक्ट्रिक SUV सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान बनाउन सक्छ।


































