National life

AION ले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै, ५-स्टार ANCAP सेफ्टी रेटिङ प्राप्त

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
943Shares
AION ले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै, ५-स्टार ANCAP सेफ्टी रेटिङ प्राप्त
ncell

काठमाडौं ।  उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, AION ले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, AION निकै प्रचलित बनेको छ।

नेपाली ग्राहकहरुमा भने AION को AION V मोडेलले लोकप्रियता पाईरहेको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै AION V सुरक्षामा पनि उत्कृष्ट छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
AION V ले हालै यूरो ANCAP टेस्ट २०२५ मा सर्वोच्च ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। AION V ले यसअघि Euro NCAP टेस्ट २०२५ मा पनि ५-तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले AION को उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।

AION V मा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।

नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई AION V र AION Y जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ AION र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।

यो समाचार शेयर गर्नुहोस्
943SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?