काठमाडौँ । Geely Auto Group ले आफ्नो पूर्णत विद्युतीय SUV Geely EX5 को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले Geely EX5 लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ।
उत्पादक देश चीनमा Geely EX5 ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ।
Geely Auto ले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ ५ को बृद्धि हासिल गरेको छ। यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु-याएको घोषणा गरेको छ।
आगामी वर्षहरूमा, Geely Auto ले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ।
नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल Geely EX5 ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ। ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि Geely EX5 को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।
अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै Geely EX5
Geely EX5 ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ। यसले सन् २०२५ मा Euro NCAP / ANCAP (Australasian New Car Assessment Program) दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ।
Geely को अत्याधुनिक GEA प्लेटफर्म मा आधारित EX5 को अधिक मजबुत शरीर संरचना र “Cloverleaf” ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ। हरेक EX5 मोडेलमा ७ वटा एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise
Control, Lane–Keeping Assist, Blind–Spot Detection, र ३६०* क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन्।


































