काठमाडौं । फ्लाइङ कार उद्योगमा नयाँ क्रान्ति ल्याउँदै, XPENG को फ्लाइङ कार डिभिजन XPENG AEROHT ले आफ्नो क्रान्तिकारीका ६०० अर्डर मध्यपूर्वी बजारमा प्राप्त गरेको घोषणा गरेको छ।
यो उपलब्धि भविष्यको गतिशीलताको क्षेत्रमा एक ऐतिहासिक माइलस्टोनका रूपमा मानिन्छ। कम्पनीले यो घोषणा दुबईमा आयोजना गरिएको International Appreciation Event मा गरेको थियो, जहाँ Land Aircraft Carrier को पहिलो सार्वजनिक मानवीय उडान प्रदर्शन गरिएको थियो।
यस प्रदर्शनले XPENGलाई विश्वव्यापी स्तरमा भविष्यको गतिशीलता क्षेत्रमा अग्रणी नवप्रवर्तक को रूपमा स्थापित गरेको छ। हालसम्म XPENGका विश्वभरका अर्डरहरू ७,००० युनिट नाघिसकेका छन्, जसले कम्पनीको उच्च प्रविधि, दिगो डिजाइन र दूरदर्शी दृष्टिकोण प्रति अन्तर्राष्ट्रिय विश्वास झल्काउँछ।
उक्त कार्यक्रममा XPENGले आफ्नो नयाँ विश्वव्यापी ब्रान्ड ARIDGE सार्वजनिक गर्दै, ग्वाङ्जाउमा अत्याधुनिक फ्लाइङ कार उत्पादन प्लान्ट पनि सम्पन्न भएको घोषणा गर्यो। यस प्लान्टबाट २०२६ देखि व्यावसायिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ।
XPENGले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा नेपालमा पनि महत्वपूर्ण बजारको रुपमा उपस्थिति कायम गरेको छ। नेपालमा XPENG ले प्रिमियम इलेक्ट्रिक सवारी साधनहरू, जस्तै XPENG6, मार्फत नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। कम्पनीका अनुसार, नेपाली उपभोक्ताहरूले अब सडकमा मात्र होइन, निकट भविष्यमा आकाशमा समेत अत्याधुनिक गतिशीलता अनुभव गर्ने अवसर पाउनेछन्।

































