National life
cg eloctronics

यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
330Shares
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ncell

काठमाडौं । दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको छ।

यस फेस्टिभ राइडमा पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेट्ने चारवटा रुटमा राइडरहरू सहभागी भएका थिए। तय गरिएको योजनाअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्म २० जना, चितवनदेखि मायाटारसम्म २५ जना, हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना र काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जना सहभागी भएका थिए। यी यात्राहरूले देशका विभिन्न ठाउँमा ‘चङ्गा चेट’ को उत्साह फैलाउन सफल भएका छन्। यस कार्यक्रमले घरभित्र सीमित हुने उत्सवलाई खुला सडकसम्म विस्तार गर्दै देशभरका राइडर तथा स्थानीय समुदायका लागि अविस्मरणीय अनुभव सिर्जना गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो कार्यक्रम केवल राइडिङ अनुभवमा मात्र सीमित थिएन। यसले सामुहिक यात्रा र नयाँ ठाउँको अवलोकनलाई प्राथमिकता दिँदै बलियो राइडिङ समुदाय निर्माण गर्ने यामाहा ब्लु स्ट्रिक्सको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गरेको छ।

‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत यामाहा ब्लु स्ट्रिक्सले मौलिक नेपाली चाडपर्वको परम्परा र साहसिक यात्राको भावनालाई एकसाथ जोड्दै यस वर्षको दसैँलाई थप यादगार बनाएको छ। यस यात्राले दसैँको सांस्कृतिक महत्त्वलाई राइडिङको रोमाञ्चसँग जोड्न सफल भएको छ। यसले गन्तव्यमा पुग्नुलाई मात्र नभई यात्राका हरेक पललाई उत्सवका रूपमा मनाउने अवसर पनि प्रदान गरेको छ।

कार्यक्रमका अवसरमा एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भन्नुभयो, “यस ‘चङ्गा चेट’ फेस्टिभ राइडमार्फत हामीले नेपालका विभिन्न रुटमा दसैँको खुसी र आपसी एकताको भावना फैलाउने लक्ष्य राखेका थियौँ। हाम्रो उद्देश्य उत्साहजनक रूपमा एकसाथ यात्रा गर्दै रोमान्चक राइडको आनन्द लिने थियो।”

यामाहा ब्लु स्ट्रिक्स राइडिङप्रति रुचि राख्ने र यामाहाको गुणस्तरको कदर गर्ने सबैलाई एकै ठाउँमा जोड्ने सकारात्मक पहल हो। यस प्लेटफर्ममार्फत कम्युनिटीका सदस्यहरूले यामाहाका मूल्यमान्यताका बारेमा अझ राम्रोसँग बुझ्ने अवसर पाउँछन्, जसले यामाहा र यसका ग्राहकबीचको सम्बन्धलाई थप बलियो बनाउने गर्दछ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
330SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?