National life

’नाडा अटो शो’ मा सर्वसाधारणको घुइचो,सबैको रुचि विद्युतीय सवारी साधनमा(फोटो फिचर)

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
724Shares
’नाडा अटो शो’ मा सर्वसाधारणको घुइचो,सबैको रुचि विद्युतीय सवारी साधनमा(फोटो फिचर)
ncell

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डपमा चलिरहेको ’नाडा अटो शो’ मा गाडी तथा मोटरसाइकल पारखिहरुको ठुलो घुइचो लागेको छ। यस्तो घुइचो अधिक मात्रामा नयाँ विद्युतीय गाडी तथा स्कुटरमा बढी देखिएको छ ।

आउँदो ३१ गतेसम्म चल्ने प्रदर्शनीमा १८ लाखदेखि एक करोड नौ लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
’नाडा अटो शो’ मा एक लाख ७५ हजारदेखि चार लाख रुपैयाँसम्म पर्ने विद्युतीय मोटरसाइकल र स्कुटर पनि प्रदर्शनीमा राखिएको छ । यस्तै ५५ हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका साइकल पनि राखिएको छ ।

अटो शोमा पेट्रोल, डिजल र विद्युतीय गाडीको प्रदर्शनी छ । तर विद्युतीय गाडीमा धेरैले चासो दिएका नाडाले जनाएको छ । ’अटो शो’ मा विभिन्न ४५ वटा ब्रान्डले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन् । जसमध्ये १६ वटा ब्रान्ड चार पाङ्ग्रेका, २२ वटा दुई पाङ्ग्रेका र सात वटा लाइट कमर्सियल भेहिकलका छन् ।

यस्तै ’अटो शो’ मा कम्पोनेन्ट, ल्युब, टायर, हेलमेटको स्टल पनि राखिएका छन् । प्रदर्शनीमा ठूला तथा साना गरी एक सय २० वटा स्टल छन् ।

https://aarthikvoice.com/archives/12675

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?