National life

नाडा अटो शो २०२४ को तयारी पुरा, अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा उद्घाटन गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० भदौ २०८१, सोमबार
721Shares
नाडा अटो शो २०२४ को तयारी पुरा, अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा उद्घाटन गरिने
ncell

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा मङ्गलवार ११ गतेदेखि सुरु हुने नाडा अटो शो २०२४ को तयारी पुरा भएको आयोजक पक्षले जानकारी दिएको छ ।

अटो शोको औपचारिक उद्घाटन भोली अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। मेलाका लागि २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गर्ने तयारी भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ।  अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ ।

नाडा अटो शोमा लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले समेत सहभागी जनाउने भएको छ । बैंकले सवारी खरिद गर्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेको हो।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्।

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?