National life

यात्रुवाहकमा १.३३% र मालवाहकमा दोहोरो अंकको भाडा वृद्धि गर्न सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.2kShares
यात्रुवाहकमा १.३३% र मालवाहकमा दोहोरो अंकको भाडा वृद्धि गर्न सिफारिस
ncell

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा समायोजनका लागि प्रक्रिया अघि बढेको छ। यातायात व्यवस्था विभागले ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई औपचारिक सिफारिस गरेको हो।

नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि विभागले नयाँ भाडादर प्रस्ताव तयार पारेको जनाएको छ । विभागका अनुसार २०६५ सालदेखि लागू हुँदै आएको १३ वटा सूचकमा आधारित ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार मानी भाडा पुनरावलोकन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही आधारमा विभागले विभिन्न श्रेणीका सवारी साधनमा फरक–फरक दरमा भाडा वृद्धि प्रस्ताव गरेको छ।प्रस्तावअनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनमा १.३३ प्रतिशत, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा वृद्धि गर्न सिफारिस गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनसम्बन्धी फाइल पठाइसकेको जनाएको छ। महासङ्घका अनुसार वि.सं. २०७२ यता वैज्ञानिक आधारमा पूर्ण रूपमा भाडा समायोजन हुन नसकेको भन्दै व्यवसायीहरूले यसपटकको सिफारिस शीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

यता, उपभोक्ता पक्षले भने भाडा वृद्धि गर्दा जनताको क्रयशक्ति र महँगीको अवस्थालाई समेत ध्यान दिनुपर्ने बताउँदै आएका छन्। अब मन्त्रालयको निर्णयपछि नयाँ भाडादर लागू हुने वा नहुने टुंगो लाग्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?