National life

सार्वजनिक यातायातको भाडा घट्यो (सुची सहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
831Shares
सार्वजनिक यातायातको भाडा  घट्यो (सुची सहित )
ncell

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । स्वचालित प्रणालीले मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै ,मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको छ ।

घटाएको भाडादर आजदेखि नै लागु हुने यातायात ब्यवस्था विभाग जनाएको छ। पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने बैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको हो।

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/07/7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0-1.pdf" title="7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0 (1)"]

यो समाचार शेयर गर्नुहोस्
831SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?