National life

राइड शेयरिङ एप इन्ड्राइभले थप गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
727Shares
राइड शेयरिङ एप इन्ड्राइभले थप गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा
ncell

काठमाडौं । राइड सेयरिङ इन्ड्राइभले ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा सुरु गरेको छ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँने कम्पनीले जनाएको छ ।

कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त हुने बिश्वास कम्पनीले लिएको छ ।

इन्ड्राइभ आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न किफायती, सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकरको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनका अनुसार इन्ड्राइभ कम्फर्ट राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो ।

इन्ड्राइभ कम्फोर्ट फिचरमा आरामदायी सवारीका लागि उच्च गुणस्तरका कारहरू लगायत इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका हुन्छन् । यसले काठमाडौंको भीडभाड हुने ट्राफिका पनि सहजै यात्राको सुनिश्चित गर्दछ ।

यस्तै फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडीहरू पनि यो फिचरमा उपलब्ध हुनेछन् । जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्ने कम्पनीको भनाई छ ।

यो फिचरमा उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको पनि इन्ड्राइभले जनाएको छ । यस्तै इन्ड्रइभको “इन्ड्राइभ कम्फर्ट” सेवा प्रयोग गर्ने यात्रुहरूले उचित मूल्यमा फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्ने कम्पनीको दाबी छ ।

यो सुविधा इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको इन्ड्राइभको भनाई छ ।

इन्ड्राइभका एशिया प्यासिफिक कम्युनिकेसन्स लीड अफिसर पवित नन्दा आनन्दले कम्पनीले चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएको बताइन् । त्यसकारण यात्रु र चालक दुवैको हातमा राइडशेयर सर्तहरू उपलब्ध गराएर सबै प्रयोगकर्ताहरूलाई छनोट र निष्पक्षताको स्वतन्त्रता ल्याउन कम्पनी सधै प्रतिबद्ध रहेको उनको भनाई छ ।

 

यो समाचार शेयर गर्नुहोस्
727SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?