National life

वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले कर्जा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
587Shares
वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले कर्जा दिने
ncell

काठमाडौँ । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनुप्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?