National life

सबै भन्दा धेरै बिक्री हुने ईभि बन्यो नेटा एक्स

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० मंसिर २०८१, बिहिबार
694Shares
सबै भन्दा धेरै बिक्री हुने ईभि बन्यो नेटा एक्स
ncell

काठमाडौँ । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एस युभि बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ। थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एस युभि हरुमा सबै भन्दा बढि बिक्री भएको नेटा एक्सले उक्त वेष्ट सेलिङ्ग एस युभिको जित हासिल गर्न सफल भएको बताएको छ।

थााईल्यान्डको अटो मोबाईलले  क्षेत्रमा  गत अक्टोबर र नोभेम्बरमा  नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८०  स्मार्टको बिक्री तथ्याङलाई आधार मानिएको बताएको छ । थाइल्यान्डका लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुँदै आईर्हेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चिनिया ब्रान्ड नेटाले नेपालको लागि आधिकारिक वितरक सिजि मोटर्स रहेको छ भने नेपालमा नेटा भि तथा नेटा एस मोडलमा ईलेँट्रिक कारहरू उपलब्ध रहेका छन्।

नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किमि सम्म चल्न सक्छ। यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ, जसले ड्राइभरलाई सुरक्षाको महसुस गराउँछ। सिएटियल का अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित,     नेटा एक्स   ले पनि ८ वर्ष वा १ लाख ८०  हजार किमिको वारेन्टीसँगै विश्वसनीयता र दीर्घकालिकता सुनिश्चित गर्दछ। यी विशेषताहरू  नेटा एक्स  लाई बहुपरकारी र इकोफ्रेन्ड्ली एस यू भि खोज्नेहरूको लागि आकर्षक विकल्प बनाउँछन्।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ । केही दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रीको सञ्जालगरि सम्पूर्ण ग्राहकहरूलाई निरन्तर सेवा दिन तत्पर  छ। कम्पनीले नेपालभरि २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?