काठमाडौँ । सिजी मोटोकर्पले २ वटा मोडलका कारको मूल्य सार्वजनिक गरेको छ। सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले जिम्नी र फ्रोन्स मोडलका कारको मूल्य सार्वजनिक गरेको हो।
कम्पनीले यसअघि दुवै मोडलको बुकिङ खुल्ला गरिसकेको छ।
जसमा जिम्नी जेटाको मुल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मुल्य ६४ लाख ४९ हजार रुपैयाँ मुल्य तोकेको छ।
१४ सय ६२ सीसीको इन्जिन रहेको जिम्नीले अधिकतम पावर १०४.८ पिएस पावर रहेको छ। फिउल इफिसेन्सी १६.९४ किमी प्रतिलिटर रहेको छ।
यो कारको लम्बाई ३ हजार ९८५ सय एमएम, चौडाई १६ सय ४५ एमएम, उचाई १७ सय २० एमएम रहेको छ। अफरोड डिजाइन गरिएको गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम रहेको छ।
एसयुभी फ्रोन्सको ३९ लाख ९९ हजार
१.२ डिअल जेट इन्जिन रहेको गाडीको अधिकतम पावर ८९.७३ पीएस रहेको छ। गाडीले ४४ सय आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्छ। एक लिटर तेलले २१.७९ किलोमिटरसम्म गुड्न सक्छ।
गाडीको बुट स्पेस ३०८ लिटरको रहेको छ। ५ जना बस्न मिल्छ।


































