National life

होन्डाका कार्यकारी उपप्रमुखले ‘अनुचित आचरणको आरोप’ लगाउँदै दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
503Shares
होन्डाका कार्यकारी उपप्रमुखले ‘अनुचित आचरणको आरोप’ लगाउँदै दिए राजीनामा
ncell

एजेन्सी । होन्डाका कार्यकारी उपप्रमुखले ‘अनुचित आचरणको आरोप’ लगाउँदै सोमबार राजीनामा दिएका छन् ।

कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो ।”

“कम्पनीको व्यवस्थापनमा एक नेताको रूपमा रहेका र मानव अधिकारको सम्मानको लागि एक उदाहरण स्थापित गर्ने विश्वास गरिएका नेतृत्वमाथि सिद्धान्तविपरीत आचरण गरेको आरोप लाग्नु गम्भीर र खेदजनक छ,” विज्ञप्तिमा भनिएको छ ।

फर्मको लेखा परीक्षण समितिले अनुसन्धान गरी घटनाबारे निर्देशकहरूको समितिमा अनुशासनात्मक कार्य योजना प्रस्तुत गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्देशकको समितिले उनीविरूद्धको आरोपबारे निर्णय गर्ने अख्तियार दिइएको थियो । अओयामाले समितिले कुनै कदम चाल्नुअघि नै राजीनामा पत्र बुझाए ।

“कम्पनीको सञ्चालक समितिले आओयामाले आफ्नो पदबाट राजीनामा दिनु उपयुक्त हुने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ । होन्डाका अध्यक्ष तोशिहिरो मिबेले यस विषयको गम्भीरताका कारण स्वेच्छाले दुई महिनाका लागि आफ्नो मासिक क्षतिपूर्तिको २० प्रतिशत रकम फिर्ता गर्ने कम्पनीले जनाएको छ ।

“गलत आचरणका कारण हुने कुनै पनि असुविधाका लागि र यसले सबै सरोकारवालाहरूलाई निम्त्याएको गम्भीर अशान्ति र चिन्ताका लागि कम्पनी क्षमाप्रार्थी छ,” विज्ञप्तिमा भनिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?