National life

१० प्रतिशतभन्दा कम ब्याजदरमा हुण्डाईका विद्युतीय गाडी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
628Shares
१० प्रतिशतभन्दा कम ब्याजदरमा हुण्डाईका विद्युतीय गाडी
ncell

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधन (ईभी) कोना र आयोनिक ५ सस्तो ब्याजदरमा खरीद गर्न सकिने योजना ल्याएको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता आत्मसात् गर्दै हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरी यस्तोे योजना ल्याएको बताइएको छ । यस योजनाअन्तर्गत इच्छुक खरीदकर्ताले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) उक्त ईभी खरीद गर्न सक्ने भएका हुन् ।

ईभीमा बढ्दो चासोको गहिरो बुझाइका साथ उक्त गाडीलाई लक्षित गरी यो अफर ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोना र आयोनिक ५ नेपालमा धेरै रुचाइएको विद्युतीय गाडी भएको र यी दुवै ईभीले ग्राहकको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

कोना तीन भेरियन्टमा उपलब्ध रहेको बताइएको छ । यसको बजार मूल्य ६० लाखदेखि ६५ लाख रुपैयाँसम्म रहेको बताइएको छ । त्यस्तै आयोनिक ५ को भिजन रूफ भेरियन्ट १ करोड ३ लाख रुपैयाँमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
628SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?