National life

दोषी ठहर मन्त्रीलाई कारबाही नगरेको भन्दै विपक्षी दलद्वारा संसद् अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० फागुन २०८०, बिहिबार
557Shares
दोषी ठहर मन्त्रीलाई कारबाही नगरेको भन्दै विपक्षी दलद्वारा संसद् अवरुद्ध
ncell

काठमाडौं। आज बसेको संसद् बैठकलाई सुचारु भएको केही समयमै विपक्षी दलहरूले अवरुद्ध गरेका छन् ।

बालकुमारी घटनाका दोषी ठहर भएका मन्त्रीलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले आज संसद् बैठक अवरुद्ध गरेका हुन्।

माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौला ले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका हुन् ।

दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा भाग लिन पाएको भन्दै गत पुस १३ गते आन्दोलनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीको दमनबाट दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?