National life

अन्तरबैंक महिला फुटसल २०८० को उपाधि ग्लोबल आइएमई बैंकलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
630Shares
अन्तरबैंक महिला फुटसल २०८० को उपाधि ग्लोबल आइएमई बैंकलाई
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिलातर्फको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।

संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए । प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो ।

ग्लोबल आईएमईले प्रतियोगितामा महिलातर्फको विजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई २-१ ले हराएको हो । प्रतियोगिताभरि ग्लोबल आइएमई बैंकले आफ्ना सबै खेलमा सहज जित निकालेको थियो ।

सर्वाधिक गोलकर्ताको उपाधि ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छन् । उनले ७ गोल गरिन् । बैंकका तर्फबाट गोलरक्षक केशमाया गुरुङले सबै खेलमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी सुट गर्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।

विजेता ग्लोबल आइएमई बैंकका तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेतृत्वमा लुनिभा भुजूँ, पुष्पा कोइराला, शुभेक्षा बिडारी, रामकुमारी लिम्बु, केशमाया गुरुङ र शोभा न्यौपाने सहभागी भएका थिए । टिम व्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
630SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?