National life

एनआइसी एशिया बैंकले ल्यायो ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ उत्कृष्ट योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
562Shares
एनआइसी एशिया बैंकले ल्यायो ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ उत्कृष्ट योजना
ncell

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले बैंकको वेबसाईटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ र यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि २ लाख रुपैयाँसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटीपी कोड प्राप्त हुनेछ । अब उक्त ओटीपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरुको खातामा तुरुन्तै जम्मा हुने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, यस योजनमार्फत २ लाख रुपैयाँ भन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रकृया पूरा गरेपछि कर्जा प्राप्त गर्न सकिनेछ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५१९ एटिएम, १११ वटा विस्तारित काउण्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?