National life

एनआईसी एसिया बैंकको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
540Shares
एनआईसी एसिया बैंकको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा
ncell

काठमाडाैं । एनआईसी एसिया बैंकले ४ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले ४ लाख कित्ता शेयर आज साउन ९ गतेबाट बिक्रीमा ल्याएको हाे ।

बैंकले संस्थापक समूहको ४ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बिक्रीमा ल्याएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा यही साउन १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?