National life

एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले गुणस्तिरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
640Shares
एभरेष्ट बैंकको वित्तिय अगुवाइमा कजरिया टायल्सले गुणस्तिरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने
ncell

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ । अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्घारा एक विशेष समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल SBI बैंक र प्रभु बैंकका उच्च पदस्थ अधिकारीहरु समेतको गरिमामय उपस्थिति रहेको थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादनहुने टायल्सको कुल लागत रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत रु. ३०० करोड लगानी रहनेछ । विश्वको ७औं ठूलो टायल्स उत्पादन कम्पनी Kajaria Ceramics भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ ।

मार्च २०२४ बाट शुरुवात हुने उक्त परियोजनाले देशमाहुने टायल्सको मागपूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
640SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?