National life

कुमारी बैंकको ऋणपत्र बाँडफाँड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
612Shares
कुमारी बैंकको ऋणपत्र बाँडफाँड
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड सम्पन्न भएकाे छ । बैंकले कात्तिक २ गतेदेखि १३ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको हाे ।

बैंकले रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई कात्तिक १९ गते ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिएको हो ।

सर्वसाधारणमा बाँडफाँड गरिएको कुल कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकिएको छ ।

बैंककाे ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?