National life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
1.1kShares
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने
ncell

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता शेयर जेठ २२ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा न्यूनतम मूल्य ११० रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक लगानीकर्ताले आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा पेस गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति जेठ २९ गतेसम्म रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?